नियम ३६
मतपेटिका र निर्वाचन सामग्री बुझाउने
(१) मतदान अधिकृतले मतदान कार्य सम्पन्न भएपछि नियम ३३ बमोजिम सुरक्षण सिल लगाईएका मतपेटिका, नियम ३५ बमोजिमका मतपत्र तथा निर्वाचन सम्बन्धी कागजात राखेका बन्दीखाम र अन्य निर्वाचन सामग्री तथा कागजात जतिसक्दो चाँडो सुरक्षित रुपमा निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतपेटिका, निर्वाचन सम्बन्धी सामग्री तथा कागजात बुझेपछि निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सोको भरपाई दिनु पर्नेछ ।